Comments Add Comment

के फिल्ममा ‘परिवारवाद’ हाबी छ ? अंकित यसो भन्छन्

निर्देशक तथा निर्माता अशोक शर्मा आफ्ना छोरा अंकित शर्मालाई चलचित्रको नायकको रुपमा सफल बनाउन लागिपरेका छन् । यसपटक, उनको ध्यान नै सबै छोरामाथि छ । दशैंमा ‘रातो टिका निधारमा’ रिलिज गर्ने तयारीमा रहेका अशोकका लागि बक्स अफिसमा हिट र छोरा हिट दुबै हुन जरुरी छ ।

अशोक शर्माका छोरा भएकै कारण अंकितले चलचित्र क्षेत्रमा पाइला राख्ने अवसर पाएको टिप्पणी पनि नभएको होइन । बलिउडमा ‘परिवारवाद’ हाबी हूँदै जादा नेपाली चलचित्रमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो त ?

अंकित भन्छन्–‘पक्कै पनि मलाई मेरो परिवारको साथ छ । परिवारको साथकै कारण मैले पहिलो चलचित्रमा सजिलैसँग काम गर्न पाएँ । तर, चलचित्र जब दर्शकको हुन्छ, यसपछि मैले नै काम गरेर देखाउनुपर्छ । मैले काम गर्न सकिनँ भने परिवारवादले मात्र केही गर्दैन ।’

अंकितले कुनै पनि कलाकार जसरी आएपनि उसले चलचित्र क्षेत्रमा आएपछि दर्शकको विश्वास जित्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment