Comments Add Comment

बालबालिकालाई आवश्यक छ पारिवारिक संस्कार

अहिलेका बालबालिकाले कुनै आफन्त, अग्रज भेटेमा स्वतस्फूर्त नमस्कार गर्दैनन् । वा गर्न जान्दैनन् । हामीले भन्नुपर्छ, ‘फलानोलाई नमस्कार गर ।’

हजुरबा, हजुरआमालाई श्रद्धा गर्नुपर्छ भनेर पनि उनीहरुलाई सिकाउनुपर्छ । कसको अगाडि कस्तो शिष्टचार पालना गर्नुपर्छ भनेर बुझाउनुपर्छ । अर्थात अहिलेका बालबालिका पारिवारिक संस्कारबाट विमुख हुँदै गएका छन् ।

त्यसो त आजको व्यस्त जीवनमा हरेक अभिभावकलाई आफ्ना सन्तानलाई राम्रो संस्कार दिनको लागि निकै मेहिनत गर्नुपर्छ । कतिपय अभिभावकहरुले समयको अभावका कारण आफ्ना सन्तानलाई चाहेर पनि राम्रो संस्कार दिन सकिरहेका हुँदैनन् ।

राम्रो संस्कारको अभावमा बालबालिकाहरुले कहिले काहीँ तपाईंलाई  अरुको अगाडि लाजमर्दो बनाईदिन्छन् । आफ्ना सन्तानको बानीलाई लुकाउनका लागि तपाईंले विभिन्न बाहाना बनाउनु पर्ने बाध्यता हुन्छ ।

के तपाईका छोरा-छारीका कारण तपाईलाई पनि अरुको अगाडि लाजले शीर निहुराउनु परेको छ ? यदि परेको छ भने गल्ति तपाईको सन्तानको होइन, तपाइर्ंको हो । किनभने एउटा अभिभावक भएकोले उनीहरुलाई सानैबाट राम्रो बानी-व्यवहार र संस्कार सिकाउने जिम्मदारी पनि तपाइर्ंको नै हो । सबै अभिभावकको सपना आफ्ना सन्तानको बानी, व्यवहार तथा संस्कार राम्रो होस् भन्ने हुन्छ तर त्यो सपना थोरै अभिभावकको मात्र पुरा हुन्छ ।

लालनपालनको दायरा सीमित हुनु हुँदैन । बालबालिकालाई हेरचाह गर्न धेरै नै गाह्रो हुन्छ । त्यसलाई कुनै सीमित दायरामा बाध्न सकिदैन । अभिभावकको माया र समयको कमीले उनीहरुमा एक्लोपनको अनुभव गराउँछ भने आवश्यकभन्दा बढि रेखदेख र मायाले उनीहरुलाई जिद्दी पनि बनाउन सक्छ ।

त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई कति छुट दिने र कति कडा गर्ने भन्ने कुरा निधारण गर्न बढो अप्ठ्यारो हुन्छ । तपाईले गर्ने व्यवहारमा केहि तल-माथि भयो भने तपाईंका सन्तानको व्यवहारमा परिर्वतन ल्याइदिन्छ । त्यसैले आज हामी बालबालिकालाई कसरी राम्रो व्यवाहार र संस्कार दिने भन्ने बारेमा केहि जानकारी प्रस्तुत गदैछौं ।

कलिलो उमेरबाटै अभ्यास

बालबालिकालाई सानै उमेरदेखि नै राम्रो बानीका सिकाउनु पर्छ, राम्रो नियम पनि सिकाउनु पर्छ । सानैदेखि सही लालनपालनले नै बालबालिकाको भविष्य र्निधारण हुन्छ । सानो उमेरमा तपाई आफ्ना सन्तानलाई जस्तो शिक्षा दिनु हुन्छ, ठुलो भएर उसले त्यस्तै व्यवहार गर्छ ।

रमाईलो वातावरणसँगै उत्कृष्ट दैनिकी

घरमा आफ्ना सन्तानको अगाडि अभिभावकले कहिल्यै पनि ठुलो स्वरले बोल्ने अथवा झगडा गर्नु हुँदैन । घरको वातावरणलाई रमाईला क्रियाकलापले सुखी र खुशी बनाउनु पर्छ । आफ्ना बच्चाको बिहानदेखि बेलुकासम्मको रुटिन बनाइदिनु पर्छ । उनीहरुको सुत्ने, खाने, पीउने, खेल्ने आदि कुराहरुको रुटिन बनाइदिनु पर्छ । त्यसरी बनाएको रुटिनलाई आफ्नो बच्चालाई पछ्याउन लगाउनु पर्छ, जसले तपाईको बच्चालाई राम्रो व्यवाहार गर्न सिकाउछ ।

समय तालिका नियाल्नु पर्छ  

समय-समयमा बालबालिकाहरुलाई बनाइदिएको समय तालिका नियाल्न आवश्यक हुन्छ । केवल नियम बनाइदिनु मात्र अभिभावकको कर्तव्य होइन, आफ्ना बच्चाले त्यसलाई पछ्याएका छन् कि छैनन् भनेर नियाल्नु पनि पर्छ । आफुले बनाएको समय तालिकामा केहि कमी-कमजोरी छन् भने त्यसलाई हटाउनु पर्छ । समय तालिका बनाउँदा आफ्ना बच्चालाई पनि समावेश गर्नु उपयुक्त हुन्छ, त्यसो गर्दा बालबालिकालाई पनि समय व्यवस्थापनको महत्व थाहा हुन्छ ।

सामाजिक सन्जालहरुबाट टाढा राख्ने

सानो उमेरदेखि नै बालबालिकालाई मोबाइल फोन, इन्टरनेट, टेलिभिजनको बानी पर्न दिनु हुँदैन् । अभिभावकहरु आफ्नो सुविधाको लागि बालबालिकालाई मोबाइल अथवा ल्यापटप खेल्न दिन्छन् । जसले बालबालिकाको आँखा त खराब हुन्छ नै उनीहरुको बानी पनि बिग्रन्छ ।

बालबालिकाको लागि समय निकाल्नु पर्छ 

आजको व्यस्त जीवनशैलीमा आमाबुबा दुबैसँग आफ्नो बच्चाको लागि समय हुँदैन । तर बाहिरी काम बाहेकको समय आफ्ना बच्चाको लागि छुट्याउनु पर्छ ।छुटि्टमा आफ्ना बच्चालाई रमाइलो कार्यक्रमहरु बनाउने र आफ्नो बच्चाको रेखदेखमा ध्यान दिने गर्नु पर्छ ।.

संस्कारको शुरुआत

घर नै बालबालिकाको पहिलो पाठशाला हो । घरबाट प्राप्त हुने राम्रँ-नराम्रा संस्कारहरु र व्यवहारहरुको आधारमा नै उसको भविष्य निर्धारण हुने गर्छ । बाल्यावस्थादेखि नै सिक्दै आएको नैतिक मूल्यहरुले भरिएको संस्कारले उसलाई अनुशासित बनाउन सहयोग गर्छ ।

जिद्दि बानी हटाउनु पर्छ

यदि तपाईंको बच्चा जिद्दी छ र उसको स्वभावमा चिडचिडापन बढ्न थालेको छ भने उसलाई जिद्दीले हरेक आवश्यक र अनावश्यक माग पुरा हुन्छ भन्ने कुरा गलत हो भन्ने महसुस गराउनु पर्छ ।

स्वम आफु उदाहरण बन्नुहोस

बालबालिको पहिलो आदर्श उसको अभिभावक हुन्छ । त्यसैले आफ्नो बालबालिकामा देख्न खोज्नु भएको व्यवहार र संस्कारको स्वम उदाहरण भएर देखाउनुहोस् ।

स्वस्थ रहने बानी

बालबालिकाको राम्रो स्वस्थको लागि उसलाई बाहिरको खाना भन्दा घरको खानामा बढि ध्यान दिन लगाउनुहोस् । घरको स्वस्थ र राम्रो खाना खाने बानी बसाउनु पर्छ । जंक फुडबाट उनीहरुलाई टाढा राख्नु पर्छ ।

यसरी तपाई आफ्ना बालबालिकालाई संस्कारी र राम्रो व्यवहार भएको मानिस बनाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment