Comments Add Comment

भोजपुरमा बस दुर्घटना, १० यात्रु घाइते

२६ साउन, भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट विराटनगरका लागि छुटेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

मे १ ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै आइतबार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाएको छ । घाइतेमध्ये झापाका अर्जुन लिम्बको अवस्था गम्भीर छ । बसका सहचालक रहेका लिम्बुको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनापश्चात बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment