Comments Add Comment

के नीता र मिरुनाको ‘साइनो’ले दर्शक तान्यो त ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘साइनो’ले केही महिनादेखि सुनसान देखिएका नेपाली हलमा दर्शक तान्न सफल भयो त ? नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको चलचित्रले औषत दर्शक तानेको छ ।

शुक्रबारको तुलानामा चलचित्रको व्यापार शनिबार राम्रो रहेको निर्माणपक्षले दाबी गरेको छ । विशेषगरि, काठमाण्डौका सिंगल हलहरुमा दर्शकको उपस्थिती औषत थियो । गोपिकृष्ण, अष्टनारायण, गुण लगायतका हलमा दर्शक शनिबार राम्रो उपस्थित भएको दाबी निर्माणपक्षको छ ।

काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार सन्तोषजनक रहेको वुझिएको छ । चलचित्र रिलिजकै दिनमा आयोजित प्रेस शोमा पुगेका अतिथीहरुले यसलाई राम्रो चलचित्र भनेका थिए ।

चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment