Comments Add Comment

बाढी पहिरोले ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड बजेट आवश्यक

'तीन तहको सरकारको हानथापले पुनर्निर्माणमा ढिलाइ'

२६ साउन, काठमाडौं । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ ।
विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो जानकारी दिएका हुन् ।

समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्‍याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्यौल अन्त्य गर्न पनि भनेको छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताएका थिए ।

बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने जवाफ दिएका थिए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।

बैठकमा मन्त्री महासेठले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले गराए ।

यस्तो छ मन्त्री महासेठले दिएको जानकारी

क्र.सं. स्थान क्षति भएको पुल संख्या अनुमानित खर्च
१. सडक डिभिजन खुर्कोट ४७ लाख
२. सडक डिभिजन विराटनगर १ करोड २५ लाख
३. सडक डिभिजन जनकपुर २ करोड ९० लाख
४. सडक डिभिजन लहान १ करोड
५. उत्तर-दक्षिण व्यापारिक मार्ग ५० लाख
६. सडक डिभिजन हेटौंडा २ करोड १० लाख
७. सडक डिभिजन नेपालगञ्ज ३ करोड
८. मध्यपहाडी लोकमार्ग आयोजना १ करोड २० लाख
९. सडक डिभिजन झापा २ करोड २५ लाख
१०. सडक डिभिजन दमौली १ करोड ३५ लाख
११. सडक परिक्रमा मार्ग जनकपुर २ करोड ५० लाख
१२. सडक डिभिजन चन्द्रनिगाहपुर १४ लाख
१३. हुलाकी राजमार्ग जनकपुर २ करोड ५० लाख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment