Comments Add Comment

बुलेट बाइक चढ्ने युवाले आँखा अस्पताललाई १७ वटा खाट सहयोग गरे

२६ साउन, हेटौंडा । रोयल इन्फील्ड (बुलेट) बाइक चड्ने हेटौंडाका युवाहरुको समूहले सामुदायिक आँखा अस्पतालका लागि १७ वटा खाट सहयोग गरेका छन् ।
अस्पतालमा आएका बिमारी भुइँमा सुत्नुपर्ने बाध्यतालाई हटाउनका लागि हेटौंडा इन्पिmल्डर्स मकवानपुरले खाट सहयोग गरेको हो ।

आँखा अस्पतालको सहयोगका लागि समूह असार १ गते खेलाएको बिगोबाट बचेको रकम १ लाख रुपियाँ बरारको खाट सहयोग गरेको हो । खाट प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेका छन् ।

खाट हस्तान्तरण गर्दै मुख्यमन्त्री पौंडेलले खस्कदो अवस्थामा रहेको मकवानपुरको स्वास्थ्य अवस्था सुधार्नका लागि सरकारले काम गरिरहेको बताए । उनले भने, ‘बिरामीको दुराअवस्था देखेर युवा पुस्ताले सहयोगको भावना राखे स्वास्थ्य अवस्था सुध्रन समय लाग्दैन ।’

इन्फिल्डर्स समूहका अध्यक्ष बिजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका डाक्टर सुनिल थकाली, अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले अस्पताको लागि युवा समुहले गरेको सहयोगको प्रशंसा गरेका थिए । अस्पतालले मकवानपुरसहित आसपासका जिल्लाका बासिन्दालाई सेवा दिर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment