+
+
Shares

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते ७:०९
Photo Credit : बम विस्फोटबाट क्षतिग्रस्त विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालय । तस्वीर सौजन्यः सरोज पौडेल

२७ साउन, झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो ।

आइतबार रातिमात्रै दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीहरुमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?