Comments Add Comment

बरुण र साराको ‘कुल्ली नम्बर १’को फस्टलुक रिलिज

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो ।

गत साताबाट यो चलचित्रको छायांकन थाइल्याण्डमा सुरु भइसकेको छ । यस्तैमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर छन् । सार्वजनिक फस्टलुकमा बरुण र साराको रोमान्टिक अवतार पनि देख्न सकिन्छ ।

डेभिड धवनको यो ४५ औं चलचित्र हो । बरुणले आफ्नो पितासँग सहकार्य गरेको यो तेस्रो चलचित्र हो । बरुण र साराले भने पहिलो पटक एकसाथ काम गर्दैछन् । ‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने यो चलचित्रमा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ । यो चलचित्र सन् २०२० को मे मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment