Comments Add Comment

मुख्यमन्त्री प्रदेश लिगमा अनियमितताको आशंका

२७ साउन, विराटनगर । प्रदेश लेखा समितिले मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगितामा अनियमितता भएको आशंकामा छानविन तीव्र बनाएको छ ।

असार अन्तिम साता सम्पन्न लिगमा आर्थिक अनियमितता भएको उजुरी परेपछि प्रदेश १ को सार्वजनिक लेखा समितिले छानविन थालेको हो । त्यसक्रममा सोमबार फुटबल विज्ञको रुपमा राष्ट्रिय खेलकुल परिषद्का पूर्व सदस्य तथा पूर्व अन्तराष्ट्रिय फुटबल रेफ्री किरण गिरी र अखिल नेपाल फुलबल संघ (एन्फा)का पूर्व उपाध्यक्ष सन्तोष बानियाँसँग छलफल गरेको हो ।

पूर्वउपाध्यक्ष बानियाँले खेलकुद प्रतियोगिताको नतिजामै गडबडी भएकोले त्यससँग सम्वन्धित सबै कागजपत्रहरु झिकाएर गलत गर्नेलाई कारबाही गर्नु पर्ने बताए । समितिले खेलकुदको प्राविधिक पक्षबारे पनि जानकारी लिएको थियो ।

राखेपका पूर्वसदस्य गिरीले भने असारमा प्रतियोगिता गर्नुलाई अनियमितता गरेको अर्थमा लिन नमिल्ने बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रतियोगिता सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई १ करोड रुपैयाँ उपलव्ध गराएको थियो । एन्फाले प्रदेशका १४ मध्ये ११ जिल्लालाई मात्र लिग सञ्चालन गर्न आर्थिक सहयोग दिएको विषयमा पनि प्रदेश सभा सदस्यहरुले गम्भीर चासो देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment