Comments Add Comment

गाडी चढेर चोरी गर्न आएका दुईजना पक्राउ

२७ साउन, रौतहट । पूर्वपश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेका व्यापारिक पसलमा चोरी गर्न गाडी (स्कारपियो जीप) चढेर आएका दुईजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

बीआर०५पि ३६४६ नम्वरको स्कारपिओ जीपमा आएका उनीहरुलाई न्यु श्याम मोवाइल पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले आइतबार राति २.३० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्लाको खडका पंचायत, रामपुरका ३० वर्षका लोकेशकुमार र गौर नगरपालिका-५ का ३४ वर्षका प्रेम शंकर यादव रहेका छन् ।

उनीहरुको समूहमा रहेका दुईजना व्यक्ति भने फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।

पक्राउ परेका दुईजनाको साथबाट सटर काटन प्रयोग हुने वायर कटर र तीन थान मोवाइलसमेत बरामद गरेको प्रहरी निरीक्षक थापाले बताए ।

चन्द्रपुर नगरपालिका भित्र विगत केही दिनदेखि चोरीका घटनाहरुमा वृद्धि भइरहेको छ । चन्द्रपुर बजार र चोकको विभिन्न स्थानहरुमा सिसिटिभी क्यामरा जडान भए पनि चोरहरुले छलेर चोरी गरिरहेका छन् । भारतीय नम्बरका गाडीहरु निर्बाधरुपमा सञ्चालनमा रहेका कारण रौतहटमा आपराधिक गतिविधि बढेको छ ।

सीमा क्षेत्रमा पनि भन्सार कार्यालयमा इन्ट्री गराएर २४ घण्टासम्म मात्रै रहन पाउने कानुनी प्रावधान रहे पनि रौतहट जिल्लाका भित्री भागहरुमा समेत अवैधरुपमा भारतीय गाडीहरु गुड्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment