+
+
Shares

युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

रासस रासस
२०७६ साउन २७ गते १६:०१

२७ साउन, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले युवालाई जीवनोपयोगी शिक्षा दिएर मुलुकको विकासमा लगाउनुपर्ने बताएका छन्  ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उनले जीवनोपयोगी शिक्षा नहुँदा युवा बेरोजगार भएको धारणा राखे ।  उनले भने ‘अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्दछ ।’

रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै सरकार त्यस्तो खालको शिक्षा दिन केन्द्रित रहेको पनि बताए ।

नेपालमा पहिलो पटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ ।

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए । उनले युवालाई श्रम, उत्पादन, स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने बताए  ।

कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिने धारणा राखिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?