Comments Add Comment

मुकेश अम्बानीले किने अरामको कम्पनीको शेयर

२७ साउन, काठमाडाैं । भारतीय रिलायन्स इन्ड्रस्ट्रीका प्रमुख मुकेश अम्बानीले साउदी अरामको कम्पनीकाे शेयर खरिद गरेको घोषणा गरेका छन् ।

साउदी अरबमा रहेको ख्याति प्राप्त कम्पनी साउदी अरामको ओटीसी (ओयल-टु-केमिकल) मा ७५ अर्ब डलर बराबरको शेयर खरिद गरेको घोषणा उनले गरेका हुन् । यसलाई नियामक संस्थाले अनुमोदन गर्न भने बाँकी रहेको उनले बताए ।

सोमबार रिलायन्सको ४२ औं वार्षिक साधरणसभामा अम्बानीले भनेका छन्, ‘मलाई यो घोषणा गर्दा साह्रै खुशी लागेको छ, ‘रिलायन्सको इतिहासमा सबै भन्दा ठूलो वैदेशिक लगानीमा सहमति बनेको छ । रिलायन्स र साउदी अरब बीचको यो साझेदारी लामो समयसम्म कायम रहने छ ।’

अम्बानीकाअनुसार आरआइएल ओयल-टु-केमिकल कारोवारको राजस्व ५ लाख करोड रुपैयाँभन्दा बढी छ भने रिलायन्स इन्ड्रस्ट्रीजको उत्पादन क्षमता प्रतिदिन १४ लाख व्यारेल छ ।

भारतको जामनगरमा रहेको रिलायन्स इन्ड्रस्ट्रिज विश्वकै सबै भन्दा ठूलो रिफाइनिङ्ग कम्लेक्स रहेको उनले दावी समेत गरेका छन् । अम्बानीले भनेका छन्, ‘भारतबाट यो सबै भन्दा ठूलो वैदेशिक लगानी हो । भारतको जामनगर रिफाइनरीमा प्रत्येक दिन अरामकोबाट ५ लाख व्यारेल इन्धन आउँछ ।’

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment