Comments Add Comment

शिशुलाई ठोस आहार कहिले ?

शिशुको लागि सर्वोत्तम आहार भनेको आमाको दुध नै हो । दुध नै शिशुको लागि सम्पूर्ण आहार मानिन्छ । यद्यपि उमेर बढ्दै गएपछि आमाको दुध मात्र पर्याप्त हुँदैन । कतिपय आमाको दुध पुग्दो हुँदैन भने बच्चा हुर्कने क्रमसँगै उनलाई अतिरिक्त पोषकतत्वको आवश्यक हुन्छ । तर, कहिले अर्थात कुन उमेरदेखि उनीहरुलाई ठोस आहार दिने त ?

सुरुवाती अवस्थामा कस्तो खाना दिने, कसरी ख्वाउने भन्ने कुरामा अन्यौल हुन्छ । शिशुको स्वास्थ्य निकै संवेदनशिल हुने भएकाले खानपानमा निकै सतर्कता अपनाउनुपर्ने हुन्छ । त्यसैले शिशुलाई ठोस आहार कहिलेबाट सुरु गर्ने भन्ने कुरामा सचेत हुन आवश्यक छ ।

हुन त हाम्रो पूर्विय संस्कार अनुसार दुध सेवन गरिरहेका शिशुलाई ठोस आहार दिने निश्चित अवधी पनि निर्धारण गरिएको छ । यसलाई एक जीवनमा सम्पन्न गर्नुपर्ने एक संस्कारकै रुपमा लिइन्छ । जन्मदेखि मृत्युसम्मको १२ संस्कारमध्ये एक संस्कार हो, अन्नप्रशान । चलनचल्तीको भाषामा यसलाई पास्नी पनि भनिन्छ ।

शिशु हुर्कदै जाँदा उनीहरुलाई स्तनपानबाट प्राप्त हुने पौष्टिक तत्वले मात्र पुग्दैन । अर्थात उनीहरुको शारीरिक र मानसिक विकासका लागि अतिरिक्त आहारको आवश्यक पर्छ । त्यही आवश्यक्ता परिपूर्ति गर्ने विधी हो, अन्नप्राशन । अतः यो विधी शिशु जन्मिएको ६ महिनापछि गराइन्छ ।

शिशु जन्मिएको ६ महिनापछि उनीहरुलाई शुद्ध, सात्विक र पौष्टिक आहार दिइन्छ । हिन्दु संस्कार अनुसार विशेष विधी पुरा गरेर आफन्त, इष्टमित्र निम्त्याएर अन्नप्राशन गराइन्छ । यही दिनबाट शिशुले ठोस आहार सुरु गर्छन् ।

६ महिनापछि शिशुलाई ठोस आहार ख्वाउनुपर्छ । शिशुको शारीरिक आवश्यक्तालाई हेरेर उमेर तय गरिएको हो । अर्थात यसमा वैज्ञानिक कारण छन् । यद्यपि कतिपय आमाबुवाले शिशुको शारीरिक विकासलाई आधार मानेर पनि ठोस आहार दिन सुरु गर्छन्, जुन गलत हो । कस्तो अवस्थामा शिशुलाई ठोस आहार दिनु गलत हो त ?

तौल बढ्न सुरु गरेमा

कतिपय अभिभावक के ठान्छन् भने शिशुको तौल बढ्न थालेपछि उनीहरुलाई आहार दिन सुरु गर्नुपर्छ । कतिपय शिशुको जन्मिएको तीन वा चार महिनापछि तौल बढ्न थाल्छ । तौल बढ्न थाल्यो भन्दैमा उनीहरुलाई ठोस आहार दिने हतार गर्नु उपयुक्त हुँदैन । ६ महिनापछि नै उनीहरु ठोस आहारको लागि योग्य हुन्छन् ।

तौल बढ्न छाडेमा

जन्म लगायत्तै सुरुवाती महिनामा शिशुको तौल तिब्र गतिमा बढ्न थाल्छ । यसपछि भने उनीहरुको तौल बढ्ने क्रम केही सुस्त हुन्छ । कतिपय अभिभावक के ठान्छन् भने आफ्ना बालबच्चालाई पोषणको अभाव भयो, त्यही कारण उनीहरुको तौल पहिले जस्तो बढेन । अतः अभिभावकले शिशुलाई ठोस आहार दिन सुरु गर्छन् । जबकी शिशुलाई यतिबेला ठोस आहारको आवश्यक्ता नै हुँदैन । वा उनको पाचन यन्त्रले ठोस आहार पचाउन सक्दैन । आमाबुवाले जान्नुपर्ने कुरा के छ भने २ देखि ३ महिनापछि शिशुको तौल बढ्ने क्रम केही सुस्त हुन्छ ।

दाँतको स्वरुप

शिशुको दाँत पलाउन थालेपछि कतिपय आमाबुवाले उनीहरुलाई ठोस आहार ख्वाउनुपर्छ भन्ने ठान्छन् । यो पनि सही होइन । कतिपय शिशुको चाडै दाँत आउँछ, कतिको समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment