Comments Add Comment

काम र जीवनमा कसरी सन्तुलन मिलाउने ?

के तपाईं पनि कल सेन्टरमा जस्तै चौबिसै घण्टा काम मात्र गर्नु हुन्छ ? काम बाहेक जीवनमा अन्य कुनै कुरा तपाईंको लागि महत्व राख्छ कि राख्दैन ? अथवा धेरै काम भएको कारणले तपाईंले अन्य कुरामा ध्यान दिन पाइरहनु भएको छ कि छैन ?

बिदाको  दिन सबैतिर रमाइलो वातावरण छ, तर तपाईको ईमेल खुल्ला छ, कागजपत्र यत्रतत्र छरिएका छन् र काम गर्नु पर्ने कुराको लिस्ट सोचेभन्दा धेरै छ । वास्तवमा तपाईंले नचाहँदा-नचाहँदै पनि तपाईं वर्कोहलिक भैरहनु भएको छ । यस्तो अवस्थामा तपाई जीवन कसरी जिउनु हुन्छ ?

समय-समयमा ब्रेक लिनु हुँदैन

कार्य कुशलता र कार्य सक्षमता हुनाका लागि ब्रेक लिनु आवश्यक हुन्छ तर ब्रेक पनि आवश्यकता अनुसार नै लिनु पर्छ । बारम्बार ब्रेक लिइरहँदा तपाईंको समय पनि नष्ट भैरहेको हुन्छ ।  स्मोक ब्रेक, लन्च ब्रेक, स्न्याक्स ब्रेक, नेटवर्किग ब्रेकका साथै समय खर्च गर्ने अन्य ब्रेकहरु सबैले तपाईंको समय नष्ट भैरहेको तपाईंलाई नै पत्तो हुँदैन । यी सबैका लागि लिइएको ब्रेकले तपाईंको समय थपिदैन र तपाईंको काम जहाँको त्यहिँ रहन्छ ।

छुट्टकिो योजना अगाडि नै बनाउनुहोस्

तनाव कम गर्नको लागि घुमफिर गर्नु, रमाईलो गर्नु राम्रो कुरा हो । तर हामी मध्ये धेरैको बानी छुट्टकिो समयमै पारेर छुट्टकिो योजना बनाउने हुन्छ । जसका कारण छुट्टमिा रमाइलो गर्नु भन्दा योजनामा नै समय बित्छ र भने जस्तो रमाइलो पनि हुँदैन । जसले तपाई आफ्नो छुट्टकिो आनन्द लिन सक्नु हुन्न । त्यसैले सधैं छुट्टकिो योजना अगाडि नै बनाउनु पर्छ ।

राम्रो व्यवस्थापनका लागि

घुम्न जाँदा हरेक कुराको व्यवस्थापन पहिले नै गर्नुपर्छ । हरेक कुराको लिस्ट बनाउने र आफु जान लागेको ठाउँको एड्भान्स बुकिङ गर्ने, जसले तपाईंको समयसँगै पैसाको पनि बचत हुन्छ ।

घुम्न जाँदा अफिसको काम सँगै लानु  हुँदैन

जब तपाईं कतै घुम्नका लागि भनेर जाँदै हुनुहुन्छ भने अफिसको काम अफिसमा नै छाडिदिनु पर्छ । घुम्न जाँदा तनावमुक्त भएर आफुलाई मन परेको संगीत सुन्ने, अरु समयमा गर्न नपाएका कुराहरु गर्ने जसले तपाईलाई आनन्दको अनुभव गराउँछ ।

खुशी रहनको लागि

आफुलाई कामको तनावबाट मुक्त गर्नका लागि संगीत सुन्नुहोस्, जसले तपाईंको  घरपरिवारको सम्झना गराओस्, बाटोमा आफ्नोको लागि फूल अथवा चक्लेट किन्ने बानी बसाल्नुहोस् । त्यस्ता अन्य कुराहरु जसले तपाईंलाई खुशी दिन्छ, त्यस्ता कुराहरुमा आफ्नो ध्यान केन्द्रित गर्नु होस् । कामको समय सकिएर घर जाँदा अफिसको कामलाई अफिसमा नै राखेर घर आउनुहोस् ।

आफुलाई मन पर्ने कुरा गर्ने र राम्रा मान्छेसँग भेट्ने

तपाईं आफुलाई कुन कुराले धेरै खुशी तुल्याउँछ, त्यहि गर्नु पर्छ । यदि तपाईंलाई संगीत मन पर्छ भने संगीत सिक्नुहोस्, नृत्य मन पर्छ भने नृत्य सिक्नुहोस् । यहि क्रममा आफु जस्तै अन्य व्यक्तिहरुसंग भेटघाट गर्नुहोस् । आफलाई के कुराले खुशी तुल्याउँछ, त्यो गर्न पछि नहट्नुहोस् ।

इन्टरनेटको फाइदा उठाउनुहोस्

तपाईं आफुलाई मनपर्ने ठाउँको बारेमा जान्नको लागि गुगल सर्च गर्न सक्नु हुन्छ । यसले तपाइर्ंलाई मनपर्ने ठाउँको बारेमा सम्पुर्ण जानकारी दिन्छ । यसबाहेक पनि तपाईं आफुलाई मनपर्ने व्यक्तिको बारेमा जान्न चाहानु हुन्छ भने फेसबुकमा उसलाई खोज्न सक्नु हुन्छ । यसरी इन्टरनेटलाई तपाई आफ्नो साथी बनाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment