Comments Add Comment

अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ

३२ साउन, काठमाडौं । प्रहरीले २ थान अटोमेटिक पेस्तोलसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट एक युवकलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भनिने सुलभ लामा रहेका छन् । उनको साथबाट प्रहरीले २० राउण्ड गोली, १ थान बाइनाकुलर, ५ थान मोबाइल लगायतका सामाग्री समेत बरामद गरेको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख. १९८० नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment