Comments Add Comment

लोनमा बार्यन जाने भए काउटिन्हो

Photo Credit : AFP

३२ साउन, काठमाडौं । बार्सिलोनाका अट्याकिङ मिडफिल्डर फिलिप काउटिन्हो बार्यन म्युनिख जाने भएका छन् । काउटिन्होलाई एक सिजन लोनमा भित्र्याउन जर्मन च्याम्पियन सहमत भएको हो ।

२७ वर्षीय ब्राजिलियन फुटबलको स्थानान्तरण प्रक्रिया केही दिनमा पूरा हुने बताइएको छ ।

काउटिन्हो जनवरी २०१८ मा लिभरपुलबाट बार्सिलोना गएका थिए । उनले ७६ खेलमा २१ गोल पनि गरेका छन् । तर अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा बार्सिलोना असन्तुष्ट छ ।

उसले नेयमारलाई भित्र्याउन पीएसजीसामू राखेको प्रस्तावमा पनि काउटिन्हो र सय मिलियन पाउण्डको प्रस्ताव राखेको थियो । तर पीएसजीले यसलाई अस्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment