Comments Add Comment

चट्याङ्गसहित भारी वर्षाको सम्भावना, जिल्ला नै तोकेर मौसमविदले भने- सतर्क रहनू

३२ साउन, काठमाडौं । ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन मौसमविदले सूचित गरेका छन् । हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसमविद समीर श्रेष्ठका अनुसार शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदको आग्रह छ ।


यसैगरी झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्ला भई बग्ने नदीमा पनि बहाव बढ्ने अनुमान छ । केही साना नदीमा पनि आकस्मिक बहावको सम्भावना भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

धनगढीमा सबैभन्दा बढी वर्षा

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो मौसमी बुलेटिनमा लेखिएको छ, ‘देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला ।’

सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भएकाले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ । ताप्लेजुङमा १४, दाङमा १३ र काठमाडौंमा १२ मिलिमिटर पानी परेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment