+
+
Shares

१५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३२ गते १९:१४

३२ साउन, काठमाडौं । सशस्त्र प्रहरीले धनुषाको औरही गाउँपालिका-२ देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत-२ भेलवाचोक का २८ बषर्ीय बन्धुकुमार सिंह रहेका छन् । बरामद गरिएको चाँदीको बजारमुल्य १० लाख ९३ हजार १ सय १० रुपैयाँ मुल्यको रहेको प्रहरीले जनाएको छ ।

ज.८प. ९२३५ नम्वरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका सिंह चेकजाँच गर्ने क्रममा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि उनलाई बरामद भएको चाँदीसहित भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?