+
+
Shares

१५ वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

जेनजी आन्दोलनको क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई कारागार पठाइएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:०६

३१ भदौ, काठमाडौं । १५ वर्ष कैद र एक लाख २० हजार जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–४ का ४६ वर्षीय हरि भनिने पुण्डे प्रसाद काफ्ले छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगी, लिखत कीर्ते, नागरिक र संगठित अपराधको कसुरमा उनी सजाय भुक्तान गर्दै आएका थिए । जेनजी आन्दोलनको क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?