+
+

आजका पत्रिका : कर्मचारीको उमेर हद ६० वर्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३२ गते ६:३५

३२ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपामा बिभागहरुको टुंगो लागेको समाचारले प्राथमिकता पाएको छ । बामदेव गौतमलाई उपाध्यक्ष बनाइएको समाचारलाई पत्रिकाहरुले प्रमुख हेडलाइन बनाएका छन् । कान्तिपुरले ‘गौतम रिझाउन उपाध्यक्ष पद’ शीर्षकको समाचार लेखेको छ भने अन्नपूर्ण पोष्टले ‘गौतमलाई पदै पद पोखरेललाई स्कुल’ शीर्षकमा मुख्य समाचार छापेको छ । नागरिक दैनिकले  यसै समाचारलाई ‘ओलीले एकाएक मिलाए दलको विवाद’ शीर्षक दिएको छ ।

कान्तिपुरका अनुसार गौतमलाई अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा उठ्न आग्रह पनि गरेका छन् । यस्तै अन्नपूर्णले संगठन विभाग, किसान महासंघ विभाग प्रमुखको जिम्मेवारी पाएका गौतमलाई नयाँ पद सिर्जना गरेर उपाध्यक्षसमेत बनाइएको छ र यसले पार्टीमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली पक्षको समीकरण बलियो देखिएको उल्लेख गरेको छ ।

राजधानी दैनिकले पनि नेकपाका विभागले पाए नेतृत्व शीर्षकमा मुख्य समाचार लेखेको छ । यससँगै कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याइएको समाचार पनि राजधानीमा छ । निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा संसदको राज्यव्यवस्था समितिमा सहमति जुटेको समाचारमा उल्लेख छ । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?