Comments Add Comment

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ पक्राउ

३२ साउन, वीरगञ्ज । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले ३ जनालाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रसौनी गाउापालिका-५ का ४५ वर्षीय शम्भुप्रसाद साह, वडा-६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका-१६ का २४ वर्षीय छोटेलाल पटेल रहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

भारतबाट अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतका सामान भित्र्याउने वातावरण बनाइदिन भन्दै प्रहरीलाई मासिक २६ हजार रुपैयाँ दिने भन्दै प्रलोभनमा पार्न खोजेपछि उनीहरुले पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment