+
+
Shares

सामान्य विवादमा श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३२ गते ८:५८

३२ साउन, पर्सा । पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको  हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्तिनारायण राउत कुर्मी पक्राउ परेका छन् ।

नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भने, ‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको छ ।’

प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए । ‘हामीले मनोविश्लेषक बोलाएर उनीहरुसँग पनि सोधपुछ गर्ने तयारी गरिरहेका छौं’, सिंहले अनलाइनखबरसँग भने ।

कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?