Comments Add Comment

दाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३२ साउन, दाङ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो रा ३ प ११३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ कारकादोका ४५ वर्षीय रमेश बस्नेत र घोराही ५ धर्नाका बिनोद बस्नेतको मृत्यु भएको हो ।

रमेशको लमही अस्पतालमा र बिनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले बताए ।

उनीहरू चढेको मोटरसाइकललाई गाडीले ठक्कर दिएको भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तर गाडीको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment