Comments Add Comment

लिभरपुलको अर्को जित

काठमाडौं । गोलकिपर एड्रियनको गल्तीका बाबजुद लिभरपुलले प्रिमियर लिग फुटबलमा साउथहृयाम्पटनलाई हराएको छ ।

शनिबार भएको खेलमा लिभरपुलले साउथहृयाम्पटनलाई २-१ गोल अन्तरले हराएको हो । लिगमा उसको यो लगातार दोस्रो जित हो ।

युरोपियन च्याम्पियन २-० ले अगाडि रहेको अवस्थामा गोलकिपर एड्रियनले गल्ती गरे । ब्याक पास आएको बल क्लियर गर्न नसक्दा विपक्षी खेलाडी ड्यानी इंगले सहजै गोलमा परिणत गरे ।

यसअघि साडियो मानेले पहिलो हाफको इन्जुरी टाइममा लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७१ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे ।

यदि खेलको अन्त्यमा पाएको अवसरमा इंगले गोल गर्न सकेको भए एड्रियनको गल्ती लिभरपुलका लागि महंगो सावित हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment