Comments Add Comment

प्रिमियर लिगमा आर्सनलको दोस्रो जित

काठमाडौं । पियरे इमरिक अबामियाङको निर्णायक गोलसँगै आर्सनलले प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा आर्सनलले बर्नेलीलाई २-१ गोल अन्तरले हराएको हो । आर्सनलले सन् २००९ पछि पहिलो पटक सिजनको सुरुवाती दुई खेल जितेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १३ औं मिनेटमा ल्याकोजेटको गोलबाट अग्रता लिएको थियो तर पहिलो हाफको अन्तिममा बर्नेलीका बान्र्सले बराबरी गोल गरे ।

दोस्रो हाफको ६४ औं मिनेटमा अबामियाङले गोल गरेपछि आर्सनल २-१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment