Comments Add Comment

सिंगापुरको मेडम तुषादमा श्रीदेवीको मैनको प्रतिमा

गत मंगलबार बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको ५६ औं जन्म जयन्ती थियो । उक्त अवसरमा सिंगापुरस्थित मेडम तुसाद म्यूजियमले एउटा घोषणा गर्दै चाँडै नै उक्त म्यूजियममा अभिनेत्री श्रीदेवीको पहिलो मैनको प्रतिमा राख्ने जनाएको छ । अभिनेत्रीको स्मरणमा उक्त प्रतिमा बनाउन लागिएको हो । म्यूजियमको तर्फबाट गत मंगलबार ट्वीट गर्दै उक्त कुराको जानकारी दिइएको हो ।

ट्वीटमा भनिएको छ-‘हामीलाई यो कुरा घोषणा गर्दा निकै खुशी लागिरहेको छ कि श्रीदेवीको सम्झनामा उनको मैनको प्रतिमा निर्माण भैरहेको छ । यसको अनावरण आगामी सेम्टेम्बर महिनाको पहिलो हप्ता गरिने छ ।

भावुक भए बोनी

श्रीदेवीलाई दिइएको उक्त सम्मानपछि उनका श्रीमान् बोनी कपूर निकै खुशी भएका छन् । उनले ट्वीटरमार्फत आफ्नो खुशी व्यक्त गर्दै लेखेका छन्-‘म निकै भावूक भएको छु । मेडम तुसादमा श्रीदेवीको लिगेसीलाई स्थान मिल्न लागेकोमा हामी खुशी छौं ।’

यस्तो बन्दैछ स्ट्याचू

प्रतिमालाई २० जना कलाकारहरुको टोलिले निमर्ँण गरिरहेको छ । ती कलाकारहरुले श्रीदेवीका परिवार तथा साथीहरुसँग कुराकानी गरेर श्रीदेवीका बारेमा विशेष जानकारी संकलन गरेका थिए । उनको एक्सप्रेसन, मेकअप तथा पहिरनलाई रिक्रिएट गरिएको छ ।

सन् १९८७ मा प्रदर्शन भएको फिल्म ‘मिस्टर इन्डिया’ को लोकपि्रय गीत ‘हवा-हवाई..’ मा श्रीदेवी भिन्न देखिएकी थिइन् । उनको स्ट्याचुमा त्यही लूक अनुसार तयार पारिंदैछ । उक्त लुकका लागि मेकअप,गरगहना तथा पहिरनलाई विशेष थि्रडी पि्रन्ट प्रदान गरिएको छ । त्यसका लागि थुप्रै वटा परिक्षण समेत गरिएको थियो ।

श्रीदेवीका लागि विशेष म्यासेज वाल

प्रतिमाबाहेेक अभिनेत्रीको सम्झनामा म्यूजियमको एउटा भित्ता नै तयार पारिएको छ, जहाँ प्रसंशकहरुले श्रीदेवीका लागि विशेष सन्देश लेख्न सक्नेछन् । प्रतिमालाई विशेष शैलीमा प्रस्तुत गरिने छ ।

उक्त म्यूजियममा श्रीदेवी भन्दाअघि अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर खान, सचिन तेन्दुल्कर, सलमान खान, शाहरुख खान, अनुष्का शर्मा, कटि्रना कैफ तथा दीपिका पादुकोणका मैनका प्रतिमा बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment