Comments Add Comment

डोकोको भरमा खानेपानी

Photo Credit : File Photo

२ भदौ, पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करिब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ ।

बाह्रै महिना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन । ‘न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्,’ विश्वकर्माको भनाइ छ । पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ ।

तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ ।

हिउँद महिनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाल्नुभयो । पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन् । ‘हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ,’ उनले भने । गर्मी मौसममा पानी नै हुँदैन कुखुरालाई कसरी पुर्याउने भन्ने समस्या छ ।

तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ । करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन् । दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment