Comments Add Comment

श्रेया गजुरेल बनिन् दोस्रो मिस नेपाल नर्थ अमेरिका

न्यूयोर्क । न्यूयोर्ककी श्रेया गजुरेलले दोस्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ को उपाधि हात पारेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै गजुरेलले ताज पहिरिएकी हुन् ।

फर्स्ट रनरअप भ्यानकुभर क्यानडाकी आस्था पाण्डे र सेकेण्ड रनरअप अमेरिकाकै म्यासाचुसेट्सकी कृती केसी भएकी छन् ।

मिस ट्यालेन्ट रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच गरिमा पौडेल, मिस पपुलर राजश्री आचार्य, फोटोजेनिक आस्था थापा मगर, मिस स्माइल सविना पौडेल, मिस वेस्ट ड्रेस ओशिन रायमाझी बनिन् ।

यस्तै, मिस पर्सनालिटी मनिषा रोका, मिस डिसीप्लेन रिस्ता साह, मिस क्याटवाक बिष्णु मिश्रा , मिस पर्सनालिटी ९ वयक्तित्व० आस्था पाण्डे, मिस राईजिङ स्टार एंजिला अधिकारी, मिस स्किन आस्था थापा मगर र मिस बेस्ट हेयरको उपाधि रिस्ता शाहले जिते ।

अगस्ट १२ देखि अगस्ट १६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त १७ का शनिवारका अन्तिम दिन विजेता घोषणा गरिएको थियो ।

– विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment