Comments Add Comment

आयुष्मान भन्छन्–‘ड्रिम गल’को कथा सुन्दा धेरै हाँसे’

बलिउड नायक आयुष्मान खुराना अहिले निकै चर्चामा छन् । उनी अभिनित चलचित्र ‘ड्रिम गल’को ट्रेलर आएसँगै उनको चर्चा चुलिएको हो । यो चलचित्रमा उनले आफूलाई विल्कुलै फरक भूमिकामा प्रस्तुत गरेका छन् । ट्रेलरमा उनले पुरुष र महिला दुबैको स्वरमा अभिनय गरेका छन् ।

आयुष्मानले यो चलचित्रको कथा सुन्दा आफू धेरै नै हाँसेको बताए । उनले भने–‘जब म चलचित्रको स्क्रिप्ट सुनिरहेको थिएँ, त्यो बेला म निकै हाँसिरहेको थिएँ । चलचित्रको विषयबस्तु नै फरक र मैले गर्नुपर्ने भूमिका पनि सोही अनुसारको भएकाले म हाँसिरहेको थिएँ ।’

आयुष्मानले यस किसिमको भूमिका आजसम्म बलिउड चलचित्रमा नभएको दाबी गरे । उनले भने–‘यस्तो भूमिका कोही पनि मुलधारका नायकहरुले गरेका छैनन् । उनीहरुले नचाहेर नगरेका हुन् या किन, मलाई थाहा छैनँ । तर, मलाई यो क्यारेक्टर फरक भएकै कारण काम गर्ने इच्छा पलाएको हो ।’

राज शान्दिल्याको निर्देशनमा तयार भएको यो चलचित्रमा नुश्रात भर्चा, अन्नु कपुर लगायतको मुख्य भूमिका छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment