+
+

बुद्धको मूर्ति तोडफोडबारे छानविन समिति गठन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते २०:१८

२ भदौ, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले बुद्धको मूर्ति तोडफोड घटनाबारे सत्यतथ्य छानविनका लागि समिति गठन गर्न माग गरेको छ ।

मुर्ति तोडफोड भएको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा नल्याएको भन्दै पार्टीका उपमहासचिव टोप अस्लामीले एआईजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग गरेका हुन् ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका अस्लामीले बुद्धका वुद्धको नाम र फोटोबाट आयआर्जन गर्ने सरकारले तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन तदारुकता नदेखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

मणिग्राममा सोमबार भएको बिरोधसभालाई राष्ट्रिय पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापाले सत्यतथ्य छानविन नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले सिद्धार्थ राजमार्गमा सुतेर बिरोध जनाउदा केहीबेर सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया खण्डमा सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

एक महिनाअघि अज्ञात समूहले तिलोत्तमाको ६ लेन सडक डिभाइडरमा राखिएका ५ वटा बुद्धको मूर्ति तोडफोड गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?