Comments Add Comment

मल्टिस्टार ‘तख्त’लाई लिएर गम्भिर करण

त्यसो त रणवीर कपूर र आलिया भट्ट अफस्क्रिन जोडी पनि हुन् । यतिबेला दुबै वैंशालु प्रेममा रमाइरहेका छन् । यही जोडीले अनस्क्रिन रोमान्स गर्नेछन् , तख्तमा ।

करण जोहरको यो पीरियड ड्रामा  फिल्ममा रणवीर र आलियाका साथै अरु थुप्रै कलाकर्मी देखिनेछन् । फिल्मको चर्चा लामो समयदेखि भइरहेको छ । जबकी यसको छायांकन भने अहिलेसम्म सुरु भएको छैन ।  निर्माण युनिटका अनुसार यस चलचित्रको छायांकन आगमी फेब्रुअरीबाट सुरु गरिने छ ।

मल्टिस्टारर यस चलचित्रमा रणवीर सिंह र आलिया भट्टको मुख्य भूमिका रहने छ । यस चलचित्रको लागि करिना कपुर पनि पक्का थिइन् । चलचित्रमा विक्की कैशल, अनिल कपुर, जान्वी कपूर र भूमि पेडनेकारको पनि मुख्य भूमिका रहने छ ।

मल्टिस्टार चलचित्र ‘कलंक’ असफल भएपछि करण यस चलचित्रलाई लिएर निकै गम्भिर बनेका छन् । कलंकबाट भोगेको असफलतालाई यस चलिचत्रमा भोग्न नपरोस् भनेर उनी निकै मेहनत गरिरहेका छन् । अहिले चलचित्रको स्कृप्टमा काम भइरहेको छ ।

चलचित्रको निर्माणमा कुनै कसुर बाकीँ नराख्ने करण बताउँदै आएका छन् । उनी भन्छन्, ‘जुन असफलता अघिल्लो चलचित्रबाट भोगे, त्यो योबाट खेप्न नपरोस् भनेर निकै मेहनत गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment