+
+
Shares

नगरपालिका संघका अध्यक्ष भन्छन्–प्रमुखहरूको विदेश भ्रमणमा लगाम लगाऔं

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १६:४९

३ भदौ, काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले नगर प्रमुखहरूको विदेश भ्रमणमा लगाम लगाउनु पर्ने बताएका छन् । नगर प्रमुखलाई वर्षमा एउटा देशमा दुई पटकभन्दा बढी जान नदिने व्यवस्था गर्न सकिने उनको सुझाव छ ।

गैरसरकारी संस्थाको निमन्त्रणामा विदेश जान लागेका केही नगर प्रमुखहरूको विदेश भ्रमण आफूले रोकेको समेत अध्यक्ष व्याञ्जुले जानकारी दिए ।

एसिया मिडिया फोरमद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष व्याञ्जुले भने, ‘जनताले हामीलाई काम गर्नका लागि निर्वाचित गरेर पठाएका हुन, विदेश भ्रमणका लागि होइन ।’

यद्यपि नगर प्रमुख वा अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जानुलाई आफैमा गलत हो भनेर व्याख्या गर्न भने नहुने व्याञ्जुको भनाइ छ ।

धुलीखेल नगरपालिकाको प्रमुखसमेत रहेका उनले नगरपालिकाहरूको अन्तर्राष्ट्रिय मञ्चमा अनुभव आदानप्रदान गर्न जानुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
अनुमति नलिइ र नगरपालिकाको खर्चमा विदेश जानेलाई भने कारवाही गर्नु पर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?