Comments Add Comment

न्यूयोर्कमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार

३ भदौ, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिभलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ ।

क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल राखेर  नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको हो ।

कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्षबारे पर्चा, पम्प्लेट र पुस्तिका समेत वितरण गरिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिए ।

प्रचार सामग्रीमा विश्व सम्पदा सूचिमा सुचिकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विभिन्न ताल, मुक्तिनाथ लगायतबारे जानकारी राखिएको थियो ।

अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टीमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउदै सहयोगका लागि आग्रह समेत गरेका थिए । अमेरिकाको न्यूयोर्क सबैभन्दा धेरै आप्रवासीको बसोबास रहेको ठाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment