+
+
Shares

लाइसेन्स बनाईदिन्छु भन्दै रकम असुलेको अभियोगमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १९:४८

३ भदौ, वीरगञ्ज । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बनाइदिन्छु भन्दै सेवाग्राहीसाग रकम असुल्ने गरेको अभियोगमा वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले मंगलबार ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ पिप्लेका ४१ बर्षीय समर्थन न्यौपाने, पर्साको बिन्दवासिनी-३ ईटियाहीका २८ बर्षीय राजकुमार साह, सोही गाउापालिका-४ मधुवनका २८ बर्षीय अमलेशप्रसाद साह, बारा प्रसौनी गाउापालिका-३ नौतनका ३१ बर्षीय सतरोवन प्रसाद साह छन् ।

उनीहरुको साथबाट प्रहरीले ८२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

लाइसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहीसाग रकम असुलेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ‘उनीहरुले के कति रकम सेवाग्राहीसाग असुलेको हो थप अनुसन्धान पछि मात्रै खुल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?