३ भदौ, काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए एसोसियसनले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उदेश्य रहेको थियो ।
जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवा प्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो । यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवा प्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्दि्रत थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढि प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
स्टार्ट अपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएका थिए ।
“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,” एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले भने ।
कार्यशालामा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।
उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरुले आफ्ना ध्यान केन्दि्रत गर्ने १० मुख्य पहलहरु क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एगि्रटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरुका लक्ष्य भनेको मोवाइल प्रविधिका मार्फत विश्वमा असमानता घटाउनु हो ।
व्ययसायहरुले सामाजिक-आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उदेश्य पनि परिपुर्ति गर्ने गरी काम गनुपर्ने कुरामा मार्टिनले जोड दिए ।
कारखाना, आईसिटी फर एगि्र, इ-सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत स्टार्ट अपहरुले यस कार्यशालामा सहभागीता रहेको थियो ।
टेलिकम कम्पनी र स्टार्ट अपहरुबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथीका सह संस्थापक रवी सिंघलले भने, हाम्रो स्टार्ट अप पूर्ण रुपमा मोवाइल प्लेटर्फममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग संम्भावित सहकार्यका लागि नयाँ बाटो खोलेको छ । सारथीले अनलाइनबाटै आवत जावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।
“हामी टेलिकम सेवा प्रदायकहरुसँग मिलेर कसरी दुवै कम्पनीहरु, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभ दिन सकिन्छ भनेर काम गर्न खोजिरहेका छौं । स्टार्ट अपहरुलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशाला आयोजना गरिएकोमा हामी निकै खुसी छौ,” सिंघलले भने ।
“यस किसिमको कार्यशालाले हामी जस्ता स्टार्ट अपहरु र नीजि क्षेत्रका बीचमा रहेको दुरी कम गरी एक अर्काबीचमा सहकार्य गर्नका लागि मद्दत पुर्याउछ,” कार्यशालाका अर्का सहभागी सोचवयेरका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक ईदा रिजालले भनिन् ।
सोचवयेर आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्गको प्रोडक्टहरुमा काम गर्ने एक स्टार्ट अप हो । यो २०१८ को माइक्रोसफ्ट इम्याजिन कप आर्टिफिसियल इन्टेलिजेन्स अवार्डस विजयता पनि हुन् ।
“हामी अझै धेरै सम्भावना भएको बजारमा रहेकाले अगाडी बढ्न र भुक्तानी प्रणालीलाई डिजिटाइज गर्नका लागि हामीले अझ धेरै काम गनुपर्ने छ,” भुक्तानी सेवा प्रदायक खल्तीका रिसोर्स डेभलपमेन्ट अधिकृत सलोमी भट्टले भनिन् ।
खल्ती एक डिजिटल वालेट हो यसले नेपालमा वित्तिय कारोबारलाई डिजिटाइज गर्न महत्वपूर्ण भूमिका खेलेकोले हालसालै आईसिटी अवार्ड पनि पाएको थियो । यस कार्यशालामा सहभागी स्टार्ट अपहरुले जिएसएमए र एनसेल प्रतिनिघि समक्ष आफ्ना स्टार्ट अपहरुका बारेमा पिच गर्ने मौका पाएका थिए ।
जिएसएमए इकोसिस्टम एसेलेरेटरको टिमले स्टार्ट अपहरु र त्यसका संस्थापकहरुका साथ काम गरि मोबाइल अपरेटरहरुलाई आगामी दिनमा थप मुल्य प्रदान गर्ने किसिमले सेवा डिजाइन तथा कार्यन्वयनमा मद्दत पुर्याउनेछ । जिएसएमए इकोसिस्टम एसेलेरेटर प्रोग्रामले अफ्रिका र एसिया प्यासेफिकका मोबाइल सेवा प्रदायक र स्टार्ट अपसँगको सहकार्यलाई अझै प्रगाढ बनाउन मद्दत गर्दछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4