Comments Add Comment

५९ हजार घुससहित कास्कीका मालपोत अधिकृत समातिए

३ भदौ, पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् ।

छिटो जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने बाहनामा मंगलबार सेवाग्राहीसँग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा गएको अख्तियारको पोखरा कार्यालयको टोलीले मुस्ताङचोकबाट कुँवरलाई घुस दिँदै गर्दा समातेको हो । अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए । जग्गा पासमा कर छुटसमेत गरिदिने बताएपछि सेवाग्राहीले कुँवरलाई घुस दिन पुगेका थिए ।

साँझ ६ बजे सेवाग्राहीले गाडीबाट दिएको पैसा मोटरसाइकलबाटै गएका कुँवरको हातमा पर्नेबित्तिकै अख्तियारले समातेको हो । कुँवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment