+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णाली प्रदेशका पर्यटकीय गन्तव्य किताबमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते ९:४६

४ भदौ, काठमाडौं । कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समावेश गरेर फोटो किताब प्रकाशन भएको छ । भरतबन्धु थापाको लेखन तथा तस्वीर समावेश गरेर ‘गन्तव्य कर्णाली’ किताब प्रकाशन गरिएको हो । किताबको संयोजन इकोनोमिक रिफर्म मिडिया प्रालीले र प्रकाशन भू तथा जलाधार व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतले गरेका छन् ।

गन्तब्य कर्णाली फोटो किताबमा आन्तरिक पर्यटकले अत्याधिक रुचि देखाएको रारा तालदेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती डोल्पाको द्यो, प्राकृतिक ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपाललगायतका तस्वीरहरु समावेश छन् । किताबमा कर्णाली प्रदेशका सबै जिल्लाका पर्यटकीय नक्शासमेत राखिएको छ ।

थापाले ६ वर्षअघि हिमालयन म्याप हाउसको प्रकाशनमा पहिलोपटक पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूरपश्चिमलाई समेटेर ‘वाइल्ड वेष्ट नेपाल’ फोटो किताब प्रकाशन गरेका थिए ।

यसैगरी बाघ हेर्नका लागि प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा र पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बिभिन्न संघ संस्थाहरुसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौंलगायतका स्थानमा तस्वीर प्रदर्शनसमेत उनले गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?