Comments Add Comment

यो पुल, जुन भत्किँदा पूरै इटाली हल्लियो

कुनै बेला इटालीको जेनाआस्थित मोरान्डी पुलमा दैनिक हजारौँ संख्यामा गाडीहरु वारपार हुन्थे । तर पछिल्लो एक वर्षदेखि यो पुलमा कुनै पनि गाडी गुडेका छैनन् । किनकि यो पुल भत्किएको एक वर्ष भइसकेको छ । अहिले त पुरानो पुलको भग्नावशेष पनि मेटिन लागिसकेको छ ।

पुल भाँचिएर भएको दुर्घटनामा केही गाडीहरु भाँचिएको पुलसँगै ४५ मिटर तल खसे । त्यसक्रममा ४३ जनाको मृत्यु भएको थियो ।

१४ अगष्ट २०१८ का दिन सो पुल एक्कासि भाच्चिएर भयानक दुर्घटना भएको थियो । गत बुधबार पुल दुर्घटनाको वार्षिकी मनाइएको छ, इटालीमा ।

पुलको एउटा खण्ड भत्किएपछि बाँकी रहेको खण्डसमेत गत जून महिनामा विस्फोटक पदार्थ प्रयोग गरी ध्वस्त पारिएको छ, ताकि उक्त ठाउँमा नयाँ पुल बनाउन सकियोस् ।

इटालीयन इन्जिनियर रेन्जो पियानोको डिजाइनमा उक्त ठाउँमा नया पुल बन्दैछ जुन आगामी वर्षको अप्रिल सम्ममा सञ्चालनमा ल्याउने योजना छ ।

गत वर्ष यो त्यो ऐतिहासिक पुल भत्किएर दुर्घटना हुनुमा को दोषी छ ? भन्ने विषयमा अहिले पनि कानूनी लडाइँ चलिरहेको छ । उक्त पुल एएसपीआइ नामक निजी कम्पनीले सञ्चालनको जिम्मा लिएको थियो । २५ वर्षदेखि यो पुलको उक्त भत्किएको भागको मर्मत तथा रेखदेख नगरिएका कारण दुर्घटना भएको दाबी अभियोजकको रहेको छ ।

यो पुल भत्किएर भएको दुर्घटनाले इटालीमा मृतकका आफन्तलाई पीडा मात्र दिएन, यसले इटालीमा भौतिक संरचनाको सुरक्षाको चर्को बहस पनि सिर्जना गर्यो ।

१२ सय मिटर लामो यो पक्की पुल उत्तरी इटालीलाई फ्रान्ससँग जोड्ने राजमार्गमा पर्दछ । यो पुलमा वार्षिक अढाई करोड सवारी साधन गुड्ने गरेका थिए ।

रिकार्डो मोरान्डीले डिजाइन गरेको उक्त पुल सन् १९६७ मा बनेको थियो । तर यो पुलको बेलाबेलामा जिर्णोद्धार तथा पुनर्निर्माण समेत हुँदै आएको थियो । यो पुलको आयु न्यूनतम एक सय वर्ष मानिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment