Comments Add Comment

गुल्मीमा ट्राफिक कारवाहीबाट ३९ लाख रुपैयाँ राजस्व संकलन

४ भदौ, गुल्मी । गुल्मीमा ट्राफिक प्रहरीको कारवाहीबाट ३९ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुबाट कुल ३९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले बताए ।

आ.व. ०७५/०७६ मा कुल ६ हजार ३ सय ८९ वटा सवारी साधन कारवाहीमा परेको आचार्यले बताए । जसमध्ये ४ सय ४७ ट्रक, ४ सय ७ बस, २ हजार ४ सय ५ जीप तथा कार, ३ सय ११ ट्रयाक्टर र २ हजार ७८९ मोटरसाइकल रहेको उनले बताए ।

आ.व. ०७४/०७५ मा ४ हजार ८ सय २ वटा सवारी साधनको कारवाहीबाट २८ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

एक वर्षमा १९ जनाको मृत्यु

आ.व. ०७५/०७६ मा गुल्मीमा सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको कारण भने चालकको लापरबाहीका कारण भएको ट्राफिक प्रहरी कार्यलय गुल्मीका कम्पयुटर अपरेटर देबीप्रसाद पौडेलले जानकारी दिए ।

०७५/०७६ मा कुल २९ वटा सवारी साधनहरु दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

जसमा यात्रुवाहक बस १, जीप तथा कार १२, ट्रयाक्टर १० र मोटरसाइकल ६ वटा छन् ।

यस्तै ०७४/०७५ मा १७ वटा सवारी साधन दुर्घटनामा परेको र जसमा १ डोजर, २ यात्रुवाहक बस, ७ जीप तथा कार, ५ ट्रयाक्टर र ५ मोटरसाइकल दुर्घटनामा परेका थिए ।

उक्त दुर्घटनामा १९ जनाको मुत्यु भयो थियो । मृत्यु हुनेमा १४ जना पुरुष र ५जना महिला थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment