Comments Add Comment

हुन्डाइको फेष्टिभ डिलाइट २०७६ योजना

हुन्डाई अटोमोवाइल्सको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाइको फेष्टिभ डिलाइट २०७६ योजना ग्राहकहरु माझ ल्याएको छ ।

यो योजनाको अवधि यहि भाद्र २ गते देखि कार्तिक १६ गते २०७६ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बिमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात– ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो एक थान र हुन्डाई भेन्यू एक थान जित्न सक्नेछन् ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment