Comments Add Comment

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल अनुपस्थित

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गाैतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरल सहभागी छन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् ।

तर नेता नेपाल बैठकमा सहभागी छैनन् । पार्टी वरियतामा घटुवा गरेर झलनाथ खनाललाई अगाडि राखे लगत्तै सर्वदलीय बैठकमा नेता नेपालको अनुपस्थिति अर्थपूर्ण भएको नेताहरु बताउँछन् ।

नेता नेपाल निकट स्रोतका अनुसार ढिलो खबर आएकाले उनी बैठकमा नगएका हुन् । बैठक बेलुका ५ बजे बोलाइएको थियो । नेता नेपाललाई ४ बजे पछि मात्रै जानकारी गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment