Comments Add Comment

भारतमा हृयुन्डाईको ‘ग्रान्ड आइटेन निअस’ सार्वजनिक

हुुन्डाई कम्पनीले आफ्नो आइटेन कारको नयाँ संस्करण ‘निअस’ सार्वजनिक गरेको छ । यस मोडेलमा सबभन्दा सस्तो किसिमको गाडीको मूल्य भारु चार लाख ९९ हजार राखिएको छ ।

सबभन्दा सस्तो प्रकारको ‘एरा’ भ्यारियान्ट पेट्रोल मोटर हो भने ‘म्याग्ना’, ‘स्पोर्टज’ र ‘अस्टा’ वर्गका त्यसभन्दा महँगा सवारी पेट्रोल र डिजेल दुबै प्रकारमा उपलब्ध छन् । यसमध्ये सबभन्दा महँगो गाडी डिजेलतर्फको अस्टा हो, जसका लागि भारतीय उपभोक्ताले सात लाख ९९ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

तेस्रो पुस्ताको ग्रान्ड आइटेन गाडीका लागि भारत सबभन्दा ठूलो बजार रहिआएको छ । यसै कारण युरोपमा लन्च हुनु अगाडि नै नयाँ ग्रान्ड निअसलाई भारतमा सार्वजनिक गरिएको हो ।
भारतमा यस कारका लागि बुकिङ् सुरु भइसकेको छ ।

‘निअस’को अर्थ ‘अझ धेरै’ भएको जनाउँदै हुन्डाईले नयाँ कारको डिजाइन भारतीय वास्तुकला र प्रकृतिबाट प्रेरित रहेको जनाएको छ । यस कारको डिजाइन मात्र नभई इन्जिन लगायतका पक्षमा पनि नयाँपन रहेको कम्पनीको दाबी छ ।

भारतीय बजारमा यस मोडेलले मारुती सुजुकी स्विफ्ट, र्फड फिगो र भक्सवागन पोलोसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment