Comments Add Comment

मलाई कसैले काम दिँदैन, म के गरौं-नसीरुद्दीन शाह

दिग्गज अभिनेता नसीरुद्दीन शाहले भनेका छन्-‘अहिले फिल्महरुमा मलाई कसैले काम दिइरहेका छैनन् ।’ पछिल्लो समय मुम्बई फिल्म उद्योगमा बनिरहेका अधिकांश फिल्महरुप्रति उनलाई खासै रुची समेत छैन । जबकी उनी तीन पटकसम्म सर्वोत्कृष्ट अभिनेताकका लागि नेशनल अवार्डको सम्मान आफ्नो नाममा पार्न सफल भैसकेका अग्ला अभिनेता हुन् ।

अघिल्लो वर्ष अभिनेता नसीरुद्दीन शाहले एउटा अन्तर्वाताको क्रममा के भनेका थिए भने भारतका कतिपय क्षेत्रमा एउटा प्रहरी इन्सपेक्टरको निधनभन्दा बढि महत्व एउटा गाईको निधनलाई दिइन थालिएको छ । यस्तो माहौलमा आफ्ना सन्तानहरुका बारेमा सोचेर नै चिन्ता हुन थाल्छ । नसीरको उक्त भनाइपछि सामाजिक सञ्जालमा उनलाई चर्को आलोचना गरियो । मानिसहरुले उनलाई देशद्रोहीको आरोप लगाउँदै भारत छाडेर पाकिस्तान जाने कुरा समेत गरे ।

अहिले आएर नसीरले आफ्नो कामसँग सम्बन्धित प्रसंगमा एउटा ठूलो अभिव्यक्ति दिएका छन् । नसीरका अनुसार अचेल उनी ठूलो पर्दाबाट गायब नै भएका छन्, किनभने उनलाई कसैले पनि काम दिइरहेको छैन अर्थात उनलाई कुनै पनि फिल्मबाट अभिनयको प्रस्ताव आएको छैन ।

नसीरलाई यसको कारणका बारेमा समेत जिज्ञासा राखियो । यसको जवाफमा उनको भनाइ थियो-‘के गर्नु, मलाई कसैले काम नै दिँदैन ।’ उक्त जवाफ दिएपछि नसीर मज्जाले हाँसे । नसीरलाई उनले चाहेको जस्तो भूमिकामा प्रस्ताव नराखिएको हो कि उनलाई कुनै पनि स्त्रिmप्ट नै मन नपरेको हो ? भन्ने जिज्ञासा पनि राखिएको ।

यसको जवाफमा उनको भनाइ थियो-‘नढाँटि भन्ने भने हो बम्बे (मुम्बई) फिल्म उद्योगका तर्फबाट अचेल मैले कुनै आकर्षक प्रस्ताव पाएकै छैन । पछिल्लो दुई वर्षमा मैले एउटा वेब सिरिजमा काम गरें र एउटा बाङ्ला फिल्म कलकत्ता -कोलकाता) मा गरेको छु । यसबाहेक मैले कुनै पनि काम गरेको छैन । मुम्बईमा निर्माण भैरहेका अधिकांश फिल्ममा मुलाई धेरै रुची पनि छैन ।’

सामाजिक सञ्जालमा आफ्नो बारेमा मानिसहरुले अपशब्द लेखिरहेको देख्दा उनलाई कस्तो लाग्दो हो ? नसीरको जवाफ छ-‘जो व्यक्तिसंग कुनै काम छैन, उनीहरु फेसबुकमा बसेर मलाई गाली गरिरहन्छन्,  उनीहरुलाई किन कसैले ध्यान दिने Û’

महाराष्ट्रमा बाढी आएपछि सहयोगका लागि बलिउडका स्टारहरु सडकमा नआउँदा समेत चर्को आलोचना भयो । उक्त प्रसंगमा नसीरको भनाइ छ-‘हरेक कुराका लागि मानिसहरु बलिउडमाथि नै किन औंला उठाउँछन् र आलोचना गर्छन्, बाँकि क्षेत्रहरु पनि छन् त, उनीहरुले पनि त केही पनि गरिरहेका छैनन् । म बलिउडका त्यस्ता धेरै व्यक्तिहरुलाई चिन्छु, जसले केरलामा आएको बाढीका क्रममा सहयोग गरेका थिए ।’

पछिल्लो समय नसीरुद्दीन एउटा सर्ट फिल्मको प्रमोसनमा जुटेका छन्, उक्त फिल्मको नाम हो ‘हाफ फुल’ । फिल्मको पि्रमियरको क्रममा सञ्चारमाध्यमसंग गरिएको कुराकानीका क्रममा नसीरले फिल्मका अतिरिक्त अन्य विषयहरमा समेत खुलेर कुराकानी गरेका हुन् । उक्त छोटो फिल्मले शर्ट्स टीभीज बेस्ट अफ इन्डिया शर्ट फिल्म फेस्टिभल’ मा पुरस्कार समेत जितेको छ । उक्त फिल्ममा शाहका अतिरिक्त विक्रान्त मेस्सी पनि छन । १२ मिनेटको उक्त सर्ट फिल्मलाई करण रावलले निर्देशन गरेका हुन् । उक्त फिल्म आफ्नै अन्तरद्वन्दमा जुधिरहेको एउटा युवाको कथा समेटिएको छ ।

यो वर्ष अहिलेसम्म नसीर, निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द ताशकंद फाइल’ मा छोटो तर प्रभावकारी भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment