Comments Add Comment

‘यामाहा एमटी’को कस्तो छ विरासत ?

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यो ‘लेजेन्डरी’ मोटरसाइकलमा १६७० सीसीको एयरकुल्ड भी-ट्विन इन्जिन लगाइएको थियो तर स्टाइल फ्रेम र सस्पेन्सन चाहिँ स्पोटर्स यानि नेकेड बाइक जस्तो थियो ।

पहिलो पुस्ताको एमटीमा यामाहा वारियर एक्सभी १७००को सुधि्रत इन्जिन राखिएको थियो भने र्फक र ब्रेक चाहिँ सन् २००४/०५ मा बनेका यामाहा आर१को राखिएको थियो ।

एमटीको ‘कन्सेप्ट’ सन् १९९९ मा टोकियो मोटर सोमा सार्वजनिक गरिएको थियो । यो दुई दशकको अवधिमा एमटीको टेक्नोलोजीले छलाङ मारिसकेको छ तर यसको डिजाइन डीएनएमा ठूलो परिवर्तन भइसकेको छैन । पाँच वर्षअघि मात्र एमटी ०९ लाई मोटरसाइकलको दुनियामा उतारिएको थियो । हाई टर्क क्रसप्लेन इन्जिन, नेकेड बडी र एजाइल ह्यान्डलिङले गर्दा यो मोटरसाइकल निकै लोकपि्रय बन्यो । यो मोटरसाइकलमा लिनियर टर्क, एजाइलिटी र हाई पावर टु वेटलाई पूर्ण प्राथमिकता दिइएको छ । यामाहाको यो मोटरसाइकलले सडकमा नयाँ लुक, इनर्जी र एटिच्युड झल्काउँछ ।

यहिँ विरासतको निरन्तरता हो, एमटी०७, एमटी०५, एमटी०३, एमटी१२५ र पछिल्लो समयमा यामाहा एमटी१५ । केही महिनाअघि भारतमा सार्वजनिक भएको यामाहाको ‘मोस्ट-अवेटेड’ यो मोटरसाइकल केही दिनमै औपचारिक रुपमा नेपाल भित्रिने भएको छ ।

‘डार्क साइड अफ जापान’

यामाहाले एमटी सिरिजलाई ‘डार्क साइड अफ जापान’ ट्याग दिएर प्रचारप्रसार गरिरहेको छ । के हो त ‘डार्क साइड अफ जापान’ ?

धेरै मानिसहरु जापानलाई एउटा पारम्परिक र शिष्ट समाजका रुपमा लिन्छन् जहाँ ‘अनुशासन’लाई आदर्श मानिन्छ । तर यो ‘स्टेरियोटिपिकल’ छविले एउटा गतिशिल उपसंस्कृतिलाई छायाँमा पारिरहेको छ जहाँबाट नयाँ फेसन र आइडियाको अनवरत उत्पादन भइरहेको छ ।

यहिँ अँध्यारो र अपारम्परिक तर सिर्जनशिल पाटोबाट एमटी सिरिज प्रभावित छ जसले राइडरलाई रोमाञ्चक उर्जा, अविश्वसनीय चुस्तता र उत्तेजक डिजाइनको अनुभव गर्ने मौका दिन्छ । कसरी सुरु भयो त यामाहा एमटीको विरासत ?

यामाहा एमटी ०१

सन् २००५ मा उत्पादन थालिएको एमटी०१ ले ‘स्पोर्टस् टर्क’मा क्रान्ति ल्याएको थियो । यामाहाले एमटी ०१ को इन्जिनलाई विशेष ध्यान दिएको थियो त्यसैले, प|mेमको डिजाइनलाई कम प्राथमिकतामा राखेको थियो । फ्रेममा ‘एलुमिनियम डाई कास्टिङ’ टेक्नोलोजी प्रयोग गरिएको कारण यो निकै बलियो थियो तर इन्जिनबाट भने राइडरको ध्यान मोडिदैनथ्यो ।

यसमा १६७० सीसीको भी-ट्विन सिलिन्डर, फोर स्ट्रोक, एसओएचसी, एअर कुल्ड इन्जिन प्रयोग गरिएको थियो । जसले ४७५० आरपीएममा ९० एचपी -हर्सपावर) उत्पन्न गथ्र्यो । यसमा यामाहाले ट्विन बोर फ्युल इन्जेक्सन सिस्टम लगाइएको थियो ।

यसको प्रविधिमा अपडेट गरेर यामाहाले एमटी ०१ को दोसो पुस्ता सन् २००९ मा बजारमा उतारेको थियो । यसको मुटु १६७० सीसीको भी-ट्विन इन्जिन थियो । यसमा बाहिरी आवरण होइन, पर्फमेन्सलाई मात्र ध्यान दिइएको थियो ।

यामाहा एमटी ०३

सन् २००६ मा सार्वजनिक गरिएको एमटी ०३ मा विशेषखाले ६६० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, लिक्विड कुल्ड इन्जिन लगाइएको थियो । यसमा ५.९ लिटरको सिंगल मेटल हनिकम्ब क्याटालाइजर थियो । यसको स्टाइलिस एक्सजस्टले बाइकको ‘एमटी सम्पदा’लाई झल्काउँथ्यो । यसले ६००० आरपीएममा ४८ एचपी टर्क उत्पन्न गथ्र्यो ।

एमटी ०३को नयाँ पुस्ता तीन वर्षअघि आएको थियो । यसमा आर३कै इन्जिन, च्यासिस र ह्विल प्रयोग गरिएको छ । यसमा ३२१ सीसीको फोर सिलिन्डर, फोर स्ट्रोक, लिक्विड कुल्ड इन्जिन छ जसले १०७५० आरपीएममा ३०.९ एचपी उर्जा र ९००० आरपीएममा ३० एनएम टर्क उत्पन्न गर्छ । यसमा कार्बुरेटर प्रविधि रहेको छ ।

यामाहा एमटी १०

एमटी १० एक लिटरको नेकेड स्टि्रट फाइटर हो जुन चर्चित आर१ को आर्किटेक्चरमा आधारित थियो । सबैभन्दा राम्रो पक्ष के हो भने यो स्टि्रट राइडका लागि ‘अप्टिमाइज’ गरेर बनाइएको हो ताकि राइडर आरामका साथ उच्च टर्कको अनुभव गर्न सकून् । ९९८ सीसीको यो मोटरसाइकलमा फोर स्ट्रोक, ट्रान्सभर्स फोर सिलिन्डर, डीओएचसी, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो अझै पनि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ ।

यो मोटरसाइकलको स्पेसियल एडिसन २०१७ मा आएको थियो जसमा ‘क्युएसएस’ यानि ‘क्विक सिफट सिस्टम’लाई स्टायान्डर्ड फिटमेन्टका रुपमा राखिएको छ । यसको इन्जिन म्यापिङ पनि ‘रिभाइज’ गरिएको छ जसले जुनसुकै रेभ रेन्जमा पनि ‘थ्रोटल रेस्पोन्स’लाई राम्रो बनाइदिन्छ । यामाहाले गत वर्षमा एमटी १० को टुरर एडिसन उतारेको थियो ।

यामाहा एमटी ०९

सन २०१४ मा सार्वजनिक भएको एमटी ०९ एफजी ०९ को युरोपियन भर्सन थियो । यसमा एफजी ०९ को शक्ति र आक्रामकता दुवै थियो । ६०० सीसी र एक हजार सीसीबीचको खाडललाई पुर्ति गर्न ल्याइएको यो नेकेड स्टि्रट फाइटरले मोटरसाइकलप्रेमीमा नयाँ तरंग उत्पन्न गरेको थियो । । यो मेसिन मोटो ट्रयाक, दैनिक आवगमन र स्पोर्टस् टुर सबैका लागि पनि उत्तिकै उपयुक्त थियो ।

यामाहाको पहिलो ३ सिलन्डिर इन्जिन रहेको एमटी ०९ले ११५ एचपी शक्ति उत्पन्न गथ्र्यो र यसमा ६ स्पिडको म्यानुअल ट्रान्समिसन र एबीएसको सुविधा पनि थियो । यसको इन्जिन क्षमता ८४७ सीसी थियो ।

एमटी ०९ को स्पेसियल एडिसन एमटी ०९ स्टि्रट र्‍याली सन २०१४ मा नै बजारमा ल्याइएको थियो जुन ‘हाई स्पिड राइडिङ’ र ‘रेडिकल कर्नरिङ एक्सपर्ट’ थियो । यसमा नयाँ ट्रयाक्सन कन्ट्रोल जडान गरिएको थियो ।

यामाहा एमटी ०७

सन २०१४ मा बनेको एमटी ०७ को वजन १७९ केजी मात्र थियो र यसमा स्टिलको फ्रेम र स्विंगआर्म थियो । कम वजनका कारण कम स्पिडमा पनि यसको ‘ह्यान्डलिङ’ सहज बन्यो । यति मात्र होइन यसले ब्रेक पर्फमेन्सलाई चुस्त बनाउनुका साथै मोटरसाइकलको ‘एजाइलिटी’लाई सुधार गरेको थियो ।

यसमा ६८९ सीसीको प्यारालर ट्विन सिलिन्डर फोर स्ट्रोक, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ९००० आरपीएममा अधिकतम ७४.८ एचपी शक्ति उत्पन्न गर्छ । ६ स्पिडको यो मेसिनमा फ्युल इन्जेक्सन प्रविधि रहेको छ ।

यामाहाले सन २०१५ मा ल्याएको ‘एमटी मोटो केज’ अहिले पनि युरोपेली बजारमा उपलब्ध छ । यामाहाले यसको वजन कम गरेको छ भने टर्कलाई बढाएको छ र च्यासिस पहिलेभन्दा बढी एजाइल छ । एमटीको मोटो केज भर्सन पहिलेभन्दा बढी कुल र एग्रेसिभ देखिन्छ ।

यामाहाले २०१६ मा एमटी ०७ ट्रेसर पनि उतारेको थियो । यसमा नयाँ इर्गोनोमिक्स छ जसले मोटरसाइकललाई अझै ठूलो देखाउँछ । यसको फुट पेग अघिल्लो पुस्ताकै स्थानमा राखिएको छ तर पछाडिको सवफेेम थोरै माथि सारिएको छ जसले लेगरुम बढाएको छ । यसमा १७ लिटरको इन्धन क्षमता छ जुन पुरानो एमटी ०७को भन्दा ३ लिटरले बढी हो ।

कम सीसीका यामाहा एमटी

इन्डोनेसियाली बजारमा २०१५ मा सार्वजनिक भएको एमटी २५ मा फरक डिजाइनको हेडलाइट, फेयरिङ (ट्यांक वरपरको एयर स्कुप) र पछाडिको भागमा फरकखाले ‘कावल’ थियो । यसमा २४९ सीसीको प्यारालर ट्विन सिलिन्डर, फोर स्ट्रोक र लिक्विड कुल्ड इन्जिन थियो जसले १२००० आरपीएममा अधिकतम ३६ एचपी पावर र १०००० आरपीएममा २२ एनएम टर्क उत्पन्न गथ्र्यो ।

यामाहाले सन २०१४ मै एमटीको सबैभन्दा कम इन्जिन क्षमता भएको एमटी १२५ बजारमा ल्यायो जुन यामाहा एफजीएफ आर१२५ को नेकेड भर्सन थियो । तर यसको राइडिङ पोजिसन र स्टि्रट फाइटर डिजाइन भने आर१२५ को भन्दा फरक थियो । यसको स्टाइल एमटी ०९ र ०७ बाट प्रभावित थियो । यसमा १२४ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, लिक्विड कुल्ड इन्जिन थियो जसले ९००० हजार आरपीएममा अधिकतम १५ एचपी शक्ति र ६९०० आरपीएममा ९ एनएम टर्क उत्पन्न गर्छ । यसमा इलेक्ट्रोनिक फयुल इन्जेक्सन प्रविधि रहेको छ ।

यामाहाले आफनो एमटी विरासतलाई निरन्तरता दिँदै भारतमा एमटी१५ सार्वजनिक गरिसकेको छ । भारतीय बजारले यसलाई मज्जाले स्वीकारिसकेको छ । केही दिनमा नेपाल भित्रने तरखर गरिरहेको एमटी १५ ले यहाँ कस्तो ‘रेस्पोन्स’ पाउला ? त्यो चाहिँ हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment