Comments Add Comment

उत्तरी गोरखामा आलु खाने प्रतियोगिता

३ भदौ, गोरखा । धार्चे गाउँपालिका-५ गुम्दामा जारी पाँचौ आलु मेलामा आलु खाने प्रतियोगिता भएको छ । सोमबार भएको प्रतियोगितामा धार्चे गाउँपालिका सिङ्लाका सागर गुरुङ पहिलो भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका बारपाकका आशबहादुर गुरुङ् दोसो र धार्चे गाउँपालिका सुनकाजी गुरुङ तेस्रो भएको आयोजक थामरा धार्चे युवा क्लबले जनाएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५, ३ र २ पाथी आलु पुरस्कार पाउने भएका छन् ।

प्रतियोगितामा आलु खानका लागि ५ मिनेटको समय निर्धारण गरिएको थियो । ‘एक जना प्रतियोगिको भागमा २० वटा उसिनेको आलु राखिएको थियो,’ वडा नम्वर ५ का अध्यक्ष तुलबहादुर गुरुङले भने, ‘पाँच मिनेटभित्र जसले धेरै आलु खायो उही बिजेता हुने नियम थियो ।’

आलुको पकेट क्षेत्र मानिने गुम्दामा उत्पादित आलुको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको मेला भदौ ५ गतेसम्म चल्ने छ ।

मेलाको समापनका दिन प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

मेलाको आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।

मेला अवधिभर पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै बिभिन्न सांस्कृतिक प्रस्तुतिसमेत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment