Comments Add Comment

वाणिज्य सचिवको गुनासो : सञ्चार माध्यमले दवावमा पारे

३ भदौ,काठमाडौ । सञ्चार क्षेत्रको भूमिका सहयोगी नहुँदा राम्रा निर्णयमा पनि मन्त्रालय दबाबमा पर्ने गरेको गुनासो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ ।

व्यापार घाटा न्यूनीकरण सम्बन्धमा मन्त्रालयले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा बोल्दै वाणिज्य सचिव केदारबहादुर अधिकारीले वाणिज्य व्यापारको मुद्धालाई राष्ट्रिय महत्वका विषयका रुपमा बुझिदिन सञ्चारकर्मीलाई आग्रह गरे ।

नेपालमा आयात हुने तरकारी र फलफूलको भन्सारमा बिन्दूमै विषादी परिक्षण गर्ने विषय राष्ट्र हितमा हुँदाहुँदै पनि सञ्चार माध्यामकै कारण मन्त्रालय दबाबमा परेको उनले बताए बताए ।

‘सरकारले राष्ट्रीय हितको निर्णय गर्दा केही दिन असहज होला, थोरै मूल्य बढ्ला तर दिर्घकालमा राज्यलाई फाईदा हुन्छ भने सञ्चारमाध्यम पनि जिम्मेवार बनिदिनु पर्छ,’ सचिव अधिकारीले भने ।

भारतको प्रमुख व्यापार साझेदार मुलुक मध्येको एक भएर पनि नेपालले पाउनु पर्ने सुविधामा भारतले कन्ज्युस्याइँ गरिरहेको उनको भनाइ थियो । दुई देशबीचको व्यापार सहजीकरणका मुद्धामा नेपालले राखेका प्रस्तावमा भारतीय चासो अन्त्यन्तै न्युन हुने भन्दै सचिव अधिकारीले विषादी प्रकरणमा भारतीय पक्षले पहिलो पटक समन्वय थालेको प्रष्ट्याए ।

व्यापार घाटा न्यूनिकरणका लागि सरकारले सुरु गरेको राष्ट्रिय कार्यायोजना उपलब्धिमुलक भएको भन्दै सचिव अधिकारीले भावी दिनमा नतिजा देखिनेमा विश्वस्त हुन आग्रह गरे ।

कार्यक्रममा बोल्दै मन्त्रालयका योजना महाशाखा प्रमुख एवं सहसचिव मधुकुमार मरासैनीले व्यापार घाटा न्यूनिकरण गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्यायले व्यापार घाटा न्यूनिकरणका लागि योजना बनाएर समय तोकेरै १५ वटा निकाय लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment