Comments Add Comment

नाडा अटो-शोमा महिन्द्राका दुई नयाँ मोडल

२ भदौ , काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी-३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल -एमपीभी) ‘मराजो’ ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने दावी छ ।

महिन्द्रा एक्सयूभी-३००

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्ऽाको नयाँ प्लाटर्फम ‘एक्स-१००’ अवधारणामा आधारित एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ ।

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट-स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन्ा् ।

एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ । सात वटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-हृवील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षीत गाडी बनेको छ ।

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ ।
साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकषिर्त गर्नेछ ।

महिन्द्रा मराजो

त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

कारमा थ्री-स्पोक स्टेयरिङ ह्वील रहेको छ, जसमा अडियो, ब्लू-टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ ।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment