Comments Add Comment

नक्कली छाप बनाउने २ जना पक्राउ

३ भदौ, काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने काठमाडौं महानगरपालिका–१५ किमडोलकी ३३ वर्षीया रेनु लामा रहेका छन् ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीको टोलीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको १७ थान राहदानी, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नामसहित विवरण भएको ४ थान रजिष्टर, सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको ३९ थान रबर छापहरू, विभिन्न कम्पनीको ११ थान पेन ड्राइभ र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्रसमेत बरामद गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment