+
+
Shares

म्याग्दीको सौन्दर्य : मोहरे डाँडाको पदयात्रा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १६:३५

४ भदौ, म्याग्दी । प्राकृतिक सौन्दर्यको महत्वबारे जति वर्णन गरे पनि अपूरै हुन्छ । यस्तै मन लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ हो- म्याग्दीको मोहरेडाँडा ।

पर्यटकीय गन्तव्यका रुपमा रहेको यो ठाउँमा पदमार्गको विकास ०६७ सालबाट भएको हो । पदमार्ग बनेपछि यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

घुमाउने तालबाट उकालो चढेपछि पदयात्रा सुरु हुन्छ । घुमाउने तालबाट बाँसखर्क, डाँडाकटेरी, नाँगी हुँदै मोहरे डाँडा पुगिन्छ ।

ग्रामीण परिवेश रहेको यस ठाउँमा मगर संस्कृति, हिमश्रृंखला, सूर्योदयको दृश्यावलोकन र गुराँसमय जंगल यो पदमार्गको मुख्य आकर्षण हो ।

सामुदि्रक सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा अवस्थित मोहरे डाँडा पुग्दा स्वर्गकै काखमा पुगेको भान हुन्छ ।

मौसम सफा हुँदा मोहरे डाँडाबाट पोखराको फेवा ताल देख्न सकिन्छ । फेवाताल मात्रै होइन, अन्नपुर्ण, धौलागिरी, नीलगिरि, माछापुछ्र्रे र मार्दी हिमाललाई पनि यहाँबाट नियाल्न सकिन्छ । हरियाली वनपाखा, रमणीय हिमश्रृंखलाका दृश्यहरुले मन लोभ्याउँछ ।वायरलेस प्रविधिबाट देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्ने महावीर पुनको घर यही पदयात्राको नाँगी गाउँमा पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?