Comments Add Comment

तस्वीर लिक भएपछि यसरी जंगिए दबंग ब्वाई सलमान

बलिउडका सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग-३’ को छायांकनमा व्यस्त छन् । हालैमात्र उक्त फिलमको रिलीज डेट सार्वजनिक गरिएको छ । यो फिल्म यही वर्षको डिसेम्बर २० का दिन प्रदर्शन हुँदैछ । दबंग-३ हिन्दी भाषाका साथै कन्नड, तमिल, तेलुगु भाषामा पनि रिलीज हुने छ ।

यो फिल्मको छायांकन यतिबेला भारतकै जयपुरमा भैरहेको छ । सलमान खान आफैंले पनि फिल्मसँग सम्बन्धित केही तस्बिरहरुका साथै बिहान्ड द सिन भिडियोहरु बेला-बेलामा सार्वजनिक गरिरहेका छन् । यद्यपि, त्यसको बावजूद फिल्मको छयांकनस्थलका केही तस्बिरहरु लिक भैरहेका छन् । यो कुराको जानकारी पाएपछि सलमान निकै रिसाएका छन् । सलमान खानले लिक भएको घटनाको विरुद्ध कडा एक्सन लिने योजना बनाएको एउटा समाचारमा जनाइएको छ ।

एउटा समाचारमा जनाइए अनुसार सलमान खानले प्रोडक्सन, क्रिएटिभ तथा मार्केटिङ टिमसँग मिटिङ राखेर के निर्देशन दिएका छन् भने आगामी दिनमा छायांकनस्थलबाट कुनै पनि तस्वीर लिक हुने छैन । यही कारण छायांकनस्थलमा कसैको पनि मोबाइल अन राख्नु अनमुति दिइएको छैन । साथै अझै बढि सुरक्षा बढाउनका लागि समेत सलमानले निर्देश्ान दिएका छन् ।

यसबाहेक सलमानले के पनि भनेका छने भने आगामी पुणेको शेड्यूलका क्रममा छायांकनस्थलको पर्खाको उचाइलाई बढाइने छ, ताकि कोही बाहिरी व्यक्तिले बाहिरबाटै चिहाउन नसकोस् ।

दबंग-३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । उक्त फिल्ममा दक्षिण भारतीय फिल्मका अभिनेता सुदीप नकारात्मक भूमिकामा देखिंदैछन् । फिल्ममा सलमान खान तथा सोनाक्षी सिन्हाका अतिरिक्त महेश मांजरेकरकी छोरी साईं पनि देखिने छिन् ।

दबंग सिरिजका अघिल्ला फिल्महरु व्यवसायिक रुपमा सफल भएका थिए । निर्माताहरु दबंगको तेस्रो श्रृंखलाले अझ उत्कृष्ट व्यवसाय गर्ने अनुमान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment